
काठमाण्डु ,२० कातिक- गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन्।
दूतराज सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका छन। उनले ब्रिसबेनस्थित आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको स्रोतले बतायको छ। सो घटना स्थानीय समयानुसार आइतबार मध्यरातमा भएको बतायको छ। गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टको लागि अष्ट्रेलिया पुगेका छन।
आयोजकले उनीहरुलाई एउटै फ्ल्याटमा राखेको सा्रेतले जनकारी दियको छ। मध्यरातमा दूतराजले दूतराजले सलको पासो लगाएर झुण्डिने प्रयास गरेका थिए।तर उनी बसेको कोठाको ढोका खुल्लै भएको र कोठाबाट आवाज आएपछि गायिका गिरीले दूतराजको कोठामा पसेर उद्धार गरेको स्रोतले जानकारी दियो ।
दूतराज अहिले सामान्य अवस्थामा छन् । दूतराजले आत्महत्या प्रयास गुर्नको कारण खुलेको छैन ।