नेप्सेमा ४३ अंकको वृद्धि

काठमाण्डु टुडे २०७९ कार्तिक २० गते १५:४७ मा प्रकाशित

काठमाण्डु ,२० कातिक- साताको पहिलेको कारोबार दिन सेयर बजार परिसूचक नेप्से४३ अंकमाथिको वृद्धि भएको छ।

आज नेप्से सूचक ४३।२० अंकले बढ्दै १९६५।३६ अंकमा उक्लिएको हो । गत सातको अन्तिम दिन १६ अंकले घट्दै नेप्से सूचक १९२२।१६ विन्दुमा अडिएको थियो । नेप्से बढेसगै कारोबार रकमा समेत तीब्रता आएको छ। । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ अर्ब ५४ करोड ८० लाख रूपैयाँ माथिको ३९ लाख १३ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी आज माइक्रो फाइनान्स समूहको उपसूचक ४।४८ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ४।०८ प्रतिशतले, अन्य समूहको उपसूचक ४।०५ प्रतिशतले, म्यानु एण्ड प्रो ३।८१ प्रतिशतले, हाइडोपावर समूहको उपसूचक ३।३५ प्रतिशतले बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us