केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, ७ जनाको मूत्यु

काठमाण्डु टुडे २०७९ कार्तिक १ गते १४:४५ मा प्रकाशित

एजेन्सी– भारतको उत्तराखण्डको केदारनाथ नजिकै मंगलबार हेलिकप्टर दुर्घटना हुदाँ पाइलटसहित हेलिकप्टरमा सवार ७ जनाको मूत्यु भएको छ ।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए) का प्रमुख कार्यकारी अधिकृत सी रविशंकरले पत्रकारहरूलाई दुर्घटनामा हेलिकप्टरका पाइलट अनिल सिंहको पनि मृत्यु भएको जानकारी दिएका छन । यसबाहेक हेलिकप्टरमा सवार अन्य ६ जनाको पनि मृत्यु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको केदारनाथमा भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले ट्विट गर्दै लेखेका छन्, ‘उत्तराखण्डमा भएको हेलिकप्टर दुर्घटनाबाट दुःखी भएको छु । दुःखको यस घडीमा, यस दुर्घटनामा ज्यान गुमाउनेका परिवारसँग मेरो समवेदना छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us