
काठमाण्डु– अभिनेतृ नम्रता श्रेष्ठलाई उनका प्रेमी दावा स्टिभन शेर्पाले छाडेका छन् ।
नम्रता पछिल्लो चार वर्षयता पर्यटन व्यवसायी शेर्पासँग प्रेम सम्बन्धमा थिइन् । उनीहरु अलग भएको चर्चा केही समय पहिल्यैदेखि चलेको भए पनि दावाले नयाँ प्रेमिका सार्वजनिक भएपछि भने उक्त चर्चा पुष्टि भएको हो ।
दावाको रिया श्रेष्ठ नामकी युवतीसँग अफेयर सुरु भएको छ । सामाजिक सञ्जाल इन्स्ट्राग्राममा शेर्पाले रियासँगको तस्बिर सार्वजनिक गरेका छन् । पोष्टमा उनले रियालाई ‘माई लाइफ’ भनेका छन् ।
दावा र रिया हाल इटालीमा छन् । उनीहरु मिलानमा जारी मिलान फेसन विकमा सहभागी हुन त्यसतर्फ गएका हुन् ।
्