बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो

काठमाण्डु टुडे २०७९ असोज १८ गते १७:०३ मा प्रकाशित

उदयपुर, १८ असोज– गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा राउतको शव आइतबार भेटिएको छ । उनको शव ३८ दिनपछि फेला परेको हो ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिइन् । उनको कङ्काल बेलका नगरपालिका–८ सेतीखोलास्थित माछापुच्छ्रे सामुदायिक बनमा रुखमा झुण्डीएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us