सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते

काठमाण्डु टुडे २०७९ असोज १५ गते १०:१६ मा प्रकाशित

काठमाण्डु ,१५ असोज- सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने घटनामा १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीया मान बहादुर पुन र १४ वर्षीया एनका पुन रहेको छन।

उनीहरुको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरी जनाएको छ। रा १ ज ७९८ नम्बरको जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गरेको अबस्थामा आज बिहान दुर्घटना भएकोजिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनाले बतायका छन ।

अधिकारी का अनुसार जीप उकालोमा ब्याक गर्ने क्रममा सडक भन्दा करिब १०० मिटर तल खसेको हो । जीपमा चालक सहित सवार १९ जना थिए । दुई जनाको मृत्यू भएको र बाँकी घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लाने तयारी भइरहेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us