प्रत्यक्ष चुनाव नलड्ने मुडमा भट्टराई

काठमाण्डु टुडे २०७९ असोज १३ गते ११:२८ मा प्रकाशित

काठमाण्डु,१३ असोज–  नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराई चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श गर्न थालेका छन् ।

०७४ मा गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा चुनावमा आफू विश्राम लिएर युवालाई अघि सार्ने मुडमा पुगेका छन् । भट्टराई यस पटक चुनाव नलड्ने मुडमा छन ।

सत्ता गठबन्धनको सिट बाँडफाँटमा गोरखा–२ माओवादीको भागमा परिसकेकाले भट्टराईलाई चुनाव लड्न समस्या छैन । तर, उनले आगामी चुनावमा युवालाई अघि सारेर आफू वैचारिक क्षेत्रमा काम गर्ने बताएका छन् ।

भट्टराईका स्वकीय सचिव रोशन पोखरेलका अनुसार ‘बाबुराम सरको कुरा पूर्व प्रधानमन्त्री र ७० पुगेका वा नजिक भएका नेता चुनाव नलडौँ भन्ने हो । हामीले अभिभावकीय भूमिका निर्वाह गरौं भनिराख्नु भएको उनले बताए ।

आगामी चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा निर्णयमा पुगिसक्नु भएको छैन ।’ भट्टराईले यस पटक आफू नलडेर युवालाई अघि सार्न खोज्नु भएको समेत उनले बताए । भट्टराईले आगामी चुनाव नलड्ने भन्ने विषयमा पार्टीभित्र छलफल चलाएको उनले बताए ।

पार्टीका कतिपय नेताहरुले उनी आफ्नो छोरी मानुषी यामी भट्टराईलाई काठमाडौंबाट टिकट दिएमा गोरखा छोड्ने मनसायमा रहेको बताउछन् । भट्टराई २०६४ सालदेखि निरन्तर गोरखाबाट चुनाव जित्दै आएका छन् ।गोरखा–२ बाट भट्टराई २०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us