नेप्सेमा १५ अंकको वृद्धि

काठमाण्डु टुडे २०७९ असोज ११ गते १६:१३ मा प्रकाशित

 काठमाण्डु,११ असोज–  सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ । तर सेयर कारोबारमा भने संकुचन आएको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको छ । ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । 

मंगलबार कुल २१ लाख सात हजार ७४२ कित्ता सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन् । आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाएका छन् ।  

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us