सुन तोलामा एक हजारले बढ्यो

काठमाण्डु टुडे २०७९ असोज ७ गते १२:१३ मा प्रकाशित

काठमाण्डु,७ असोज- नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ।

छापावाल सुनको मूल्य आज तोलामा ९२ हजार आठ सय र तेजाबी सुनको मूल्य ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य तोलामा ९१ हजार आठ सय र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार तीन सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us