शेयर बजार २२ महिनायताकै न्यून

काठमाण्डु टुडे २०७९ असोज ४ गते १७:५१ मा प्रकाशित

काठमाण्डु, ४ असोज– सेयर बजार परिसूचक नेप्से साताको तेश्रो कारोबार दिन मंगलबार पनि घटेको छ ।

मंगलबार नेप्से ३८.८१ अंकले घटेर १८३७.६० बिन्दुमा आइपुगेको छ । यो पछिल्लो २२ महिना यताकै न्यून बिन्दु हो । यसअघि नेप्से २०७७ मंसिर ९ मा १८१०.१५ अंकमा आएको थियो ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट आएको छ । नेप्सेसँगै कारोबार रकम पनि तल झरेको छ । आइतबार १ अर्ब ६० करोड कारोबार भएको बजारमा मंगलबार १ अर्ब २३ करोडमा सीमित भएको छ ।

१ सय ८७ कम्पनीको सेयर कारोबार भएकामा १ सय ७८ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मात्र सेयर बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us