
काठमाण्डु, २ असोज–काठमाण्डु महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कब्जा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन् ।
महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाण्डु प्लाजासम्मको संरचना हटाउन थालेको छ ।
त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन् । तीमध्ये जय नेपाल हाल, त्यससंगै रहेको दुईवटा भवन, काठमाण्डु प्लाजा, सिटी एक्सप्रेसरहेको भवन र अर्को एउटा नौतले भवन रहेका छन् । समाचार नेपाल समाचारपत्रबाट