थापाको निर्णय उल्ट्याउँदै शर्मा

काठमाण्डु टुडे २०७९ असोज १ गते ८:१९ मा प्रकाशित

काठमाण्डु, १ असोज– नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘कमान्ड कन्सेप्ट’ (तीन जोड एक) लाई थन्काउँदै सेनालाई पुरानै संरचनामा फर्काएका छन् ।

पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्रको आन्तरिक र सांगठनिक सुधारका लागि चालेका कदमलाई शर्माले एकपछि अर्को गर्दै उल्ट्याउन सुरु गरेका हुन् ।

सेनाभित्र हाबी हुँदै गएको आर्थिक अनियमिततासहित विषयमा कठोर निर्णय लिएको भन्दै थापा चर्चामा आएका थिए । तर सेनाको नेतृत्वमा शर्मा आएसँगै पूर्ववर्ती सेना प्रमुखले सुरु गरेका सुधारका सबै कार्यक्रमलाई उल्ट्याउने क्रममा उनले कमान्ड कन्सेप्टलाई एक वर्षमै स्थगित गर्दै पुरानै आठ पृतना हेडक्वार्टरको संरचनामा फर्काएका छन् ।

शर्माले सरकारलाई दिएको परामर्शपछि भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पुरानै संरचना ब्यूँतिने भएको हो । योसँगै अब नेपाली सेनाका ७ प्रदेश तथा एक राजधानी गरी पुरानै आठ पृतना हेडक्वार्टर पुनः स्थापित हुनेछन् । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us