सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाण्डु टुडे २०७९ भदौ २८ गते १५:३३ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– लगातार घट्दै आएको सेयर बजार परिसूचक नेप्से मंगलबार उकालो लागेको छ ।

मंगलबार नेप्सेमा २१.३० अंकको वृद्धि भएको छ । नेप्से वृद्धि भएर १९३४.०४ अंकमा पुगेको छ ।

कारोबार रकममा भने सुधार आएको छैन । १३ वटै उपसमूहको सेयर बढ्दा समेत मंगलबार कारोबार ९२ करोड २५ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ ।

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.१३ प्रतिशतले वृद्धि भयो । बाँकी सबै उपसमूह करिब १ प्रतिशले बढेका छन् । बोटलर्स नेपालका लगानीकर्ताहरुले १० प्रतिशतले कमाउँदा नेपाल बैंक डिभेन्चर्सका लगानीकर्ताले ९.५९ प्रतिशतले गुमाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us