नेपालले विश्व बैंकबाट ३५ अर्ब ऋण लिदैै

काठमाण्डु टुडे २०७९ भदौ २८ गते १४:५६ मा प्रकाशित

काठमाण्ड,२८ भदौ- सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले सो निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको कार्कीले बताए ।

महिला संरक्षण तथा उथान प्रणाली सुदृढीकरणका लागि एसियाली बैंकबाट प्राप्त हुने १२ मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने निर्णय समेत भएको कार्कीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us