प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाण्डु टुडे २०७९ भदौ २८ गते १२:०७ मा प्रकाशित

काठमाडौं, २८ भदौ । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेको छ । सोमबार १३.५४ अंक घटेर १९१२.७४ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ०.६६ अंक बढेर १९१३.४१ विन्दुमा पुगेको छ । 

मंगलबार प्रि-ओपन सेसनमा ८ स्टकको १ लाख १ हजार ७४२ रुपैयाँ बराबरको १८० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ४ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको घटेको छ । बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर छ ।
 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us