सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो 

काठमाण्डु टुडे २०७९ भदौ २४ गते ११:४१ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन ९३ हजार रुपैयाँ आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढ्दै ९३ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्यसमेत आज तोलामा एक सय रुपैयाँले बढ्दै ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै एक हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us