लुम्बिनी जनरल इन्स्युरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

काठमाण्डु टुडे २०७९ भदौ २४ गते ११:३० मा प्रकाशित

काठमाण्डु, २४ भदौ– लुम्बिनी जनरल इन्स्युरेन्सले ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । 

कम्पनीले गत १३ असारसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । 

लुम्बिनी जनरलको २९ असारमा बसेको साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 
 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us