नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाण्डु टुडे २०७९ भदौ २४ गते ११:२४ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– सेयर बजार शुक्रबार बन्द हुने भएको छ । आज इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । 

सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । 

विगतमा शुक्रबार नेप्से बन्द हुन्थ्यो । तर केही समयअघिदेखि शुक्रबार तीन घन्टाका लागि सेयर कारोबार खुल्ने गरेको थियो । फेरि असोजदेखि शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ ।
 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us