तेलको मूल्य ८ महिनायताकै न्यून, आइओसीले नेपालमा मूल्य घटाएर सूची पठाउने

काठमाण्डु टुडे २०७९ भदौ २३ गते १५:४५ मा प्रकाशित

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ८ महिनायताकै न्यून भएको छ ।

कच्चा तेलको मूल्य बिहीबार ८८ डलर प्रतिब्यारलमा झरेको हो । रुस–युक्रेन युद्धका कारण प्रतिब्यारल एक सय ३० डलरभन्दा माथि पुगेको कच्चा तेलको मूल्य गत २९ अगष्टयता लगातार ओरालो लाग्ने क्रममा छ ।

अघिल्लो महिना प्रमुख तेल उत्पादक मुलुकहरुको संस्था ओपेक प्लसले तेल उत्पादन दैनिक एक लाख ब्यारलले बढाउने निर्णय गरेको थियो । त्यसयता उत्पादन बढेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको हो ।

ओपेक प्लसले अक्टोबरदेखि भने बढाइएको परिमाणको तेल उत्पादनमा कटौती गर्ने निर्णय गरिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा सस्तिएसँगै इण्डियन आयल कर्पोरेशन (आइसोसी) ले मूल्य घटाएर मूल्य सूची पठाउने सम्भावना बढेको छ ।

आइओसीले लगाता।र मूल्य घटाएर सूची पठाए पनि विगतको घाटा पूर्ति गर्ने भन्दै नेपाल आयल निगमले इन्धनको मूल्य घटाउनुको साटो बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us