
काठमाण्डु, २१ भदौ– सेयर परिसूचक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ ।
नेप्से २१।१६ अंकले घटेर १९५१.८४ बिन्दुमा झरेको छ । बजारमा २ सय २७ धितोपत्रको १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६ सय १२ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार उन्नति सहकार्य लघुवित्तको सेयरको मूल्य सर्वाधिक ९।६८ प्रतिशतले बढेको छ ।
यस्तै सानिमा माइ हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ७।३२ प्रतिशतले घटेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक ९ करोड १४ लाख रुपैयाँ बराबरको खरिद बिक्री भयो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०।४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । वित्त समूहको परिसूचक सर्वाधिक २।१२ प्रतिशतले घटेको हो ।