गुण्डा नाइके चक्रे मिलनलाई एमालेले गोरखा–२ बाट उम्मेदवार बनाउने

काठमाण्डु टुडे २०७९ भदौ १९ गते १६:४० मा प्रकाशित

काठमाण्डु, १९ भदौ– एमालेले गोरखा क्षेत्र नम्बर–२ बाट चर्चित गुण्डा नाइके मिलन गुरुङ (चक्रे) को नाम सिफारिस गरेको छ ।

एमाले गोरखा–२ ले चक्रेको नाम प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेको हो । गुरुङसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम पनि सिफारिस भएको छ ।

चक्रे गोरखाको सिरानचोक गाउँपालिका–५ छोप्राकका स्थायी बासिन्दा हुन । एमालेले यसअघि मनाङको प्रदेशसभामा अर्का चर्चित डन दीपक मनाङेलाई उम्मेदवार बनाएर जिताएको थियो । मनाङे हाल गण्डकी प्रदेशका मन्त्री छन् ।
गोरखा–२ बाट यसअघि ०७४ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए ।

भट्टराई यसपटक पनि माओवादी चुनाव चिन्ह हँसिया हथौडा लिएर सोही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us