
काठमाण्डु, १६ भदौ– सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ । यअसघि १ सय ७२ रुपैयाँ रहेको डिजेल र मट्टितेलको मूल्य अब बढेर प्रतिलिटर १ ७८ सय पुगेको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेशन (आईओसी) ले बिहीबारै पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियो । निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।
भारतले पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँले बढेर आएको छ । हवाई इन्धनको मूल्य ८ रुपैयाँले बढेको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १ सय २० रुपैयाँले घटेको छ । योसँगै, १५ दिनमा ४८ करोड २५ लाख रुपैयाँ घाटा हुने निगमले जनाएइको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा मूल्यको भाउ उकालो लागेको छ । यसअघि, प्रतिब्यारेल ९४ डलरसम्म आइपुगेको कच्चा तेलको मूल्य बढेर १०० डलर प्रतिब्यारेलभन्दा माथि पुगेको छ । यसअघि आइओसीले तीनपटक लगातार मूल्य घटाएर सूची पठाए पनि नेपाल आयल निगमले मूल्य समायोजन गरेको थिएन ।