
काठमाण्डु, १६ भदौ– भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार पठाउको नयाँ सूचीमा मूल्य बढेर आएको छ ।
निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको हो । भारतले पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ बढेर तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँले बढेर आएको छ । हवाई इन्धनको मूल्य ८ रुपैयाँले बढेको आएको छ ।
खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १ सय २० रुपैयाँले घटेको छ । योसँगै, १५ दिनमा ४८ करोड २५ लाख रुपैयाँ घाटा हुने निगमले जनाएइको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा मूल्यको भाउ उकालो लागेको छ । यसअघि, प्रतिब्यारेल ९४ डलरसम्म आइपुगेको कच्चा तेलको मूल्य बढेर १०० डलर प्रतिब्यारेलभन्दा माथि पुगेको छ । यसअघि आइओसीले तीनपटक लगातार मूल्य घटाएर सूची पठाए पनि नेपाल आयल निगमले मूल्य समायोजन गरेको थिएन ।