ग्लोबल आईएमई बैंकमा अनलाइनबाटै एसली खोल्ने र बैंक ग्यारेण्टी सेवा

काठमाण्डु टुडे २०७९ भदौ १४ गते २२:३५ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– ग्लोबल आइएमई बैंकलिमिटेडले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवा थप गरेको छ ।

योसँगै ग्राहकहरूले अनलाइन मार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्ने आदि सबै प्रक्रियागत काम एउटै पोर्टलको प्रयोग गरी सहुलियतअनुसार आफ्नै कार्यालय वा घरमै बसेर सजिलै गर्न सक्नेछन् ।

यसले गर्दा ग्राहकहरू प्रतीतपत्र (एलसी) वा बैंक ग्यारेन्टी बनाउनु परेमा बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त हुनेछन् । साथै यस प्रक्रियाबाट उल्लेखित रूपमै ग्राहक तथा बैंक दुवैको समय, स्रोत र साधन बचत हुने विश्वास बैंकको छ ।

यो प्रणाली २०७९ भदौ महिनाबाट लागू भएको छ । यससम्बन्धी कुनै समस्या परेमा ग्राहकहरूले बैंकको केन्द्रीय ट्रेड सञ्चालन विभाग, ट्रेड प्रवर्द्धन विभाग, डिजिटल बैंकिङ विभाग वा सम्बन्धित शाखामा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us