सरकारले किन हटायो कुर्कुरे, लेज र तास आयातमा लगाइएको प्रतिबन्ध ?

काठमाण्डु टुडे २०७९ भदौ १४ गते १८:५१ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– सरकारले आगामी २८ असोजसम्म महंगो मूल्यका बिलासी गाडी, १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, मोबाइल र मदिरा आयातमा प्रतिबन्ध लगाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले सोमबार ती वस्तुमा गत वैशाखदेखि लाग्दै आएको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो । सरकारले विदेशी मुद्राको सञ्चिती घटेपछि गत १३ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी १० वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध भने मन्त्रिपरिषदले बटाएको छ । सरकारले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि) सबै प्रकारका खेलौना र तासको आयातमा लाग्दै आएको प्रतिबन्ध भने हटाएको छ । यसअघि सरकारले १४ भदौसम्मका लागि ती बस्तुमा प्रतिबन्ध घोषणा गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us