
एजेन्सी–भारतीय अर्बपति गौतम अडानी संसारकै तेस्रो धनी व्यक्ति बनेका छन्। मंगलबार सार्वजनिक भएको ब्लुमबर्ग अर्बपति सूचीमा एलन मस्क र जेफ बेजोसपछि अडानी छन् ।
उनको सम्पत्ति १३७ अर्ब डलर पुगेको छ । कोरोना महामारीका कारण टप १६ मा रहेका अरू सबै अर्बपतिको सम्पत्तिपछिल्लो समय घट्दा अडानी भने १.१२ अर्ब डलर सम्पत्ति थप्न सफल भए । एसियाबाट संसारका धनाढ्यको सूचीमा तेस्रो स्थानमापुग्ने अडानी पहिलो हुन् । यसअघि एसियाका धनी व्यक्ति बनेका भारतका मुकेश अम्बानी अर्बपतिको सूचीमा ११औं र चीनका ज्याक्मा३५औं नम्बरमा छन् । ६० वर्षका अडानीले कोइलादेखि बन्दरगाहसम्मको व्यापारमा संलग्न छन् । भारतमा बन्दरगाह र विमानस्थलसञ्चालन गर्ने सबैभन्दा ठूलो कम्पनी उनकै छ । अडानी प्रधानमन्त्री नरेन्द्र मोदीका निकट विश्वासपात्र हुन् ।