काठमाण्डु, १२ भदौ– माओवादी केन्द्रले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी कमाण्डर तोकेको छ ।
ललितपुरको धोबीघाटस्थित एक पार्टी प्यालेसमा आइतबार बसेको माओवादी बागमती प्रदेशको विस्तारित बैठकले रेणुलाई प्रचण्डको चुवावी कमाण्डर तोकेको हो ।
प्रचण्डले गृहजिल्ला चितवनको निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी घोषणा गरिसकेका छन् । हाल उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य छन् । चितवन क्षेत्र नम्बर–१ को कमाण्डरमा कञ्चन खनाल र २ को कमाण्डरमा घनश्याम दाहाल छन् ।
खनाल र दाहाल दुवै बागमती प्रदेशसभा सदस्य हुन् ।