
काठमाण्डु, १२ भदौ– साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से दोहोरो बिन्दुले ओरालो लागेको छ ।
नेप्से ३३.३६ अंक ले घटेर १९८९।२६ अंकमा बन्द बएको छ । असारमा दुई हजारभन्दा तलबाट बढेर २२ सय बिन्दु टेकेको नेप्से डेढ पहिनापछि पुनः सोही बिन्दुमा फर्किएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट आएको छ ।
१ सय ८८ कम्पनीको सेयर कारोबार भएकामा १ सय ८२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ५ कम्पनीको सेयर मूल्यमा वद्धि भएको छ । आइतबार कारोबार भएकामध्ये राधी जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक ५.९० प्रतिशतले वृद्धि भयो ।
नेप्से ओरालो लागे पनि कारोबार रकम भने बढेको छ । आइतबार बजारमा ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर किनबेचबाट २ अर्ब ५ करोड ९७ लाख ३७ हजारको कारोबार भयो ।