नेपाल र बंगलादेशबीच ५० मेगावाटसम्म बिजुली व्यापार गर्ने सहमति

काठमाण्डु टुडे २०७९ भदौ ९ गते २१:०३ मा प्रकाशित

काठमाण्डु, भदौनेपाल बंगलादेशबीच ५ सय मेगावाटसम्म विद्युत व्यापार गर्ने सहमति भएको छ ।       नेपाल बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित  ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बिहीबारको बैठकले दुवै देशले भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) संग त्यससम्बन्धी समझदारीका लागि आग्रह गर्ने सहमति गरेको 

भारत सरकारले प्रसारण लाइन प्रयोगको अनुमति दिए तक्काल विद्युत व्यापार सुरु गर्न दुवै पक्ष सहमत भएका छन् । नेपाललर बंगलादेशबीच विद्युत व्यापारका लागि  भारतले नोडल एजेन्सीमार्फत भारत हुँदै दुई देशबीच आफ्नाो पूर्वाधार प्रयोग गरेर बिजली व्यापारको सहमति दिनुपर्ने हुन्छ ।यदि भारत सहमतिका लागि तयार भएन भने बंगलादेश नेपालबीचको विद्युत् व्यापार असम्भव प्रायः छ ।                  बैठकमा  नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी बंगलादेशका तर्फबाट विद्युत, ऊर्जा खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमान नेतृत्वको टोली सहभागी थियो । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us