
काठमाण्डु, ९ भदौ– साताको पाँचौ दिन बिहीबार सेयर मापक नेप्से दोहोरो अंकले घटेको छ ।
बिहीबार बजार परिसूचक नेप्से १८.३० अंक घटेर २०३९.५४ बिन्दुमा झरेको छ । सबै उपसूचक ओरालो लाग्दा अन्य उपसूचकमा सर्वाधिक २.२ प्रतिशत र वित्त कम्पनी उपसूचकमा २।०७ प्रतिशतले गिरावट आएको छ ।
बैंकिङ उपसूचक ०.३६ अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकममा भने झिनो सुधार देखिएको छ । बुधबार १ अर्ब ५२ करोड कारोबार भएको बजारमा बिहीबार ४२ लाख ३४ हजार १ सय १७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ७४ लाख ३७ हजारको कारोबार भयो ।
बिहीबार बजारमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १६८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेबलमा कारोबार भयो । मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा सर्वाधिक ५.८२ प्रतिशतले गिरावट भयो ।