
काठमाण्डु, ९ भदौ– निजी क्षेत्रले काठमाण्डु महानगरका प्रमुख बालेन्द्र साहले शक्तिको दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको छ ।
नेपाल उद्योगा बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जबर्जस्ती व्यापारिक संरचनामा धाबा बोलेर बालेनले शक्तिको दुरुपयोग गरेको भन्दै आपत्ति जनाए ।
महानगरले मेयर बालेन्द्रकै नेतृत्वमा नक्सापास बिनाका अवैध संचरना भत्काउने कामलाई केही दिनयता तीव्रता दिएको छ । श्रेष्ठले घरभेटी र महानगरको विवादमा साना व्यापारीलाई मर्का पर्ने गरी महानगरले शक्ति दुरुपयोग गर्नु आपत्तिजनक भएको टिप्पणी गरे ।
व्यापारीले इमान्दारीपूर्वक राज्यलाई कर तिरेको भन्दै श्रेष्ठले जननिर्वाचित हुँ भन्ने दम्भ प्रदर्शन गरेर बालेनले हजारौं सर्वसाधारणको गाँस खोस्ने काम गरेको बताए । श्रेष्ठले बालेन्द्रको बल प्रयोगबारे संस्थागत धारणा तय गर्न महासंघ बैठक बोलाइएको जानकारी दिए ।
उनले घरभेटीसँग लाखौं र करोडौंमा सम्झौता गरेर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीमाथिको आक्रमण तत्काल रोक्न पनि चेतावनी दिए । काठमाण्डु उद्योग संघका अध्यक्षसमेत रहेका उनले संघको आपतकालीन बैठक बसेर सामूहिक प्रतिवादमा जाने निर्णय गर्न लागिएको बताए ।