
काठमाण्डु, ९ भदौ– राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका प्रतिनिधिलाई भेट्ने क्रममा बुधबार साँझ पूर्वसैनिक अधिकारीहरुलाई शीतलनिवनसमा राभित्रभोज दिएकी छन् ।
प्रधानसेनापति, पूर्वप्रधानसेनापतिहरु सहित करिब ७० जना सहभागी उक्त भोजमा राष्ट्रपतिले राजनीतिक संवाद पनि गरिन् । जसमा संसदमा विचाराधीन नागरिकता विधेयक मुख्य थियो ।
नेपाली सेनाकी परमाधिपतिसेमत रहेकी भण्डारीसँगको भेटमा पूर्वप्रधानसेनापतिहरु प्पारजंग थापा र पूर्णचन्द्र थापा, अवकाशप्राप्त जर्नेलहरु केशरबहादुर भण्डारी, बालानन्द शर्मा, पूर्ण सिलवाल, प्रेमसिंह बस्न्यात, रमीन्द्र क्षेत्री र सुरेश कार्कीले प्रखर रुपमा आफ्ना धारणा राखेका थिए ।
उनीहरुले नागरिकता विधेयक संसदमै फिर्ता पठाएर मुलुकको हितमा काम गरेको भन्दै राष्ट्रपतिको प्रसंशा पनि गरे । सबै जसो अवकाश प्राप्त जर्नेलले नागरिकता विधेयकमा पछि नहट्न राष्ट्रपतिलाई आग्रह गरे । यद्यपि उनीहरुले संसदीय व्यवस्था र संविधानले राष्ट्रपतिलाई कति जिम्मेवारी दिएको छ भन्ने प्रसंगमा भने ध्यान दिएनन् ।
भोजमा प्रधानसेनापति प्रभुराम शर्मा पनि थिए । उनीहरुले राष्ट्रपतिले राजीनामा दिने हल्ला हाइरहेको भन्दै त्यसो नगर्न पनि आग्रह गरेका थिए । एक सहभागीका अनुसार राष्ट्रपतिले अन्तिममा सम्बोधन गर्दै ‘नागरिकता विधेयक फेरि आयो भने त्यसलाई सम्बोधन गर्न कानूनी उपायहरु खेज्नेछौं । म राजीनामा दिन्न । तपाईंहरु ढुक्क हुनुहोस् ।’