
काठमाण्डु, ८ भदौ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महंगोमा जलविद्युत आयोजना बनाउँदा फाइदा नहुने बताएका छन् ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बुधबार घिसिङले जलविद्युत् आयोजना महँगो भए भारत र बंगलादेश विद्युत् निर्यात गर्न असम्भव प्रायः हुने उनले स्पष्ट गरे ।
समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजना सम्बन्धमा छलफल गर्न घिसिङलाई बोलाएको थियो । उनले सरकारको नीतिकै कारण आयोजनाको लागत उच्च हुन थालेको बताए ।
आयोजना निर्माण गर्दा प्राकृतिक स्रोतको प्रयोग गर्न नपाउने तथा वन क्षेत्रको जग्गा प्राप्तिमा आयोजनाले अरबौं रुपैयाँ लगानी गर्नुपर्ने कारणले लागत बढेको उल्लेख गरे ।
जलविद्युत आयोजना जति सस्तो मूल्यमा निर्माण गर्न सकियो भारत र बंगलादेश निर्णयको सम्भावना त्यति नै बलियो हुने उनको भनाइ थियो ।
घिसिङले आयोजनाको लागत घटाउनेतिर नसोच्ने हो भने विद्युत बाहिर निर्यात गर्दा मात्र भनई आन्तरिक खपतमा प्रयोग हुने बिजुलीको मूल्यसमेत महंगो तिर्न जनता बाध्य हुने स्पष्ट गरे ।