काठमाण्डु, ८ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनएकामा पछुतो व्यक्त गरेका छन् ।
गृहजिल्ला चितवनको माडीस्थित रतनी खोलामा नवनिर्मित पुलको बुधबार उद्घाटन गर्दै उनले ओलीलाई आफूले दुईपटकसम्म प्रधानमन्त्री बनाएको तर, ओलीले सधैं दुःख दिएको बताए ।
ओलीले चितवनमा आफूलाई असफल पार्नेबाहेक केही काम नगरेको आरोप लगाए । प्रचण्डले मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि आफ्नै प्रस्तावमा नेकपा गठन भएको उल्लेख गरे ।
‘राजनीतिक स्थायित्व र विकासका लागि नेपाल बनाएको थियौँ । केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ प्रचण्डले भने, ‘तर, दुर्भाग्य, जे सपना देखेर गरेको हो, त्यो भएन ।’
ओलीले दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेर राजनीतिक स्थायित्व, संविधान र राजनीतिक परिवर्तनले ल्याएका उपलब्धी धरापमा पारेको आरोप प्रचण्डले लगाए ।