नेप्सेको ओरालो यात्रा कायमै

काठमाण्डु टुडे २०७९ भदौ ६ गते १७:५५ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– लगातार घट्दै आएको शेयर बजार नेप्सेमा साताको दोस्रो कारोबार दिन सोमबार पनि अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक ७.२४ अंकले घटेर २०५३।३० अंकमा बन्द भएको छ । यसअघि आइतबार नेप्से ७.७२ अंकले घटेको थियो । सोमबार
म्युचुअल फण्डबाहेक सबै उपसूचक राताम्मे भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार २ अर्ब ४ करोड ७० लाख ९४ हजार बराबर कारोबार भएकोमा सोमबार २ ५२ लाख ३० हजार ७ सय ६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार बराबर कारोबार भएको छ ।

बजारमा १ सय ८७ कम्पनीको सेयर कारोबार भएकामा १ सय २४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

घट्दो बजारमा पनि अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ९।९७ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us