सरकार ५० हजार मेट्रिकटन चिनी खरिद गर्दै

काठमाण्डु टुडे २०७९ भदौ ५ गते १४:३३ मा प्रकाशित

काठमाण्डु, ५ भदौ- सरकारले दशंै तिहार भन्सार छुटमा ५० हजार मेट्रिकटन चिनी खरिद गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले को अनुसार ‘खाद्यलाई १० हजार मेट्रिकटन र साल्टलाई ४० हजार सहुलियतको चिनी ल्याउन लागिएको हो,’ । यसका लागि अर्थसँग सहमति मागेर पत्राचार गरीएको मन्त्रालयले जानकारी दिएको छ ।

अहिले बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँसम्म पुगेको छ ।

भन्सार छुटमा चिनी ल्याएर चाडपर्वमा उपभोक्तालाई सहुलियतमा चिनी बिक्री यस्तो प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ । अहिले खाद्य र साल्ट दुवै कम्पनीसँग चिनीको अभाव छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us