सहवास गर्दा मर्छन् पोथी गैंडा

काठमाण्डु टुडे २०७९ भदौ ४ गते ७:१२ मा प्रकाशित

काठमाण्डु, ४ भदौ– गत वर्षको कात्तिक ११ गते सौराहा नजिकै २८ वर्षको पोथी गैँडा मृत अवस्थामा भेटियो ।

खाग, खुर सुरक्षित भेटिएको यो गैँडाको शरीरभरि चोटैचोट थिए । गैँडाको पोस्टमार्टम गरेका निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठ भालेको आक्रमणमा परेर पोथी गैँडा मरेको बताउँछन् । डा. श्रेष्ठका बुझाइमा जुधेर पोथी गैँडा मर्नु अपवाद हो ।

यस्तै अपवादमध्येको एक घटना यो पनि हो । जङ्गलमा पोथी गैँडालाई भालेले सहवासका लागि आग्रह गर्दा नमानेपछि रिसले भाले गैँडाले जबर्जस्ती गर्न खोज्छ र एकापसमा जुधाइ हुँदा सक्ने पोथी भाग्छ र नसक्नेले आत्मसमर्पण गर्छ । यो घटनामा पोथी गैँडाले सहवास गर्न नमान्दा भालेको जुधाइले थिलथिल भएको गैँडा अन्तिममा मृत अवस्थामा भेटिएको हो ।

डा. श्रेष्ठ भाले गैँडाभन्दा पोथीले नै यौन चाहना पहिला राख्ने तर कहिलेकाहीँ यस्ता अप्रिय घटनाहरू पनि हुने बताउँछन् ।

डा, श्रेष्ठले भने ‘पोथी गैँडाले तुरुक्क तुरुक्क पिसाब फेर्दै, कराउँदै भाले गैँडा खोजेको सन्देश दिन्छे । भाले पनि उसैको पिसाब सुँघ्दै पोथीको पछाडि दगुर्छ तर यो क्रिया सधैँ भालेले चाहेजस्तो नहुने भएकाले पोथीमाथि आक्रमण पनि हुने गर्छ ।’ गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us