देउवालाई महन्थ ठाकुरको प्रश्नः हामीलाई गठबन्धनमा ल्याउने कि नल्याउने ?

काठमाण्डु टुडे २०७९ भदौ ३ गते ७:२६ मा प्रकाशित

काठमाण्डु, २ भदौ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ ५ दलीय चुनावी गठबन्धनमा ल्याउने कि नल्याउने भनी अबिलम्ब प्रष्ट जवाफ दिन ताकेता गरेका छन् ।

देउवालाई भेट्न बिहीबार बिहान ठाकुरसहित लोसपाका शीर्ष नेताहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा बालुवाटार पुगेका थिए । भेटमा लोसपालाई पाँच दलीय चुनावी गठबन्धनमा ल्याउनेबारेमा आजभोलि नै निर्णय दिन ठाकुरले देउवासँग प्रश्न गरेका थिए ।

ु‘तपाईले हामीलाई ५ दलीय गठबन्धनमा ल्याउनुहुन्छ कि हुन्न ? यसको स्पष्ट जवाफ आजभोलि नै दिनुस् भनेर हामीले प्रधानमन्त्रीज्यूलाई प्रष्टसँग भन्यौं’, भेटपछि लोसपाका नेता महतोले भने, ‘प्रधानमन्त्रीज्यूले यसबारेमा एक÷दुई दिनभित्रै स्पष्ट जवाफ दिन्छु भन्नुभएको छ ।’

लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन प्रधानमन्त्री सकारात्मक भएको महतोले बताए । ‘प्रधानमन्त्रीज्यू लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन सकारात्मक हुनुहन्छ । उहाँ .देउवा) ले यसबारेमा गठबन्धनमा रहेका अन्य दलहरूसँग छलफल गरी जवाफ दिन्छु भन्नुभएको छ’, महतोले भने । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us