बहुप्रतिक्षित माओवादी स्थायी समिति बैठक स्थगित

काठमाण्डु टुडे २०७९ भदौ २ गते १०:३३ मा प्रकाशित

काठमाण्डु, २ भदौ– माओवादी केन्द्रको बिहान बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।

बिहान ९ बजेका लागि तय गरिएको बैठक तयारी अपुग भएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराह्न ४ बजेसम्मका लागि स्थगित गरेका हुन् । १० बजे प्रधानमन्त्री निवासमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्ने भएपछि स्थायी समिति ४ बजेका लागि सरेको नेता हरिबोल गजुरेलले जानकारी दिए ।

बैठकमा प्रचण्डले महासचिवसहित पदाधिकारीको प्रस्ताव राख्ने तयारी गरेका छन् । महाससचिव चयन पेचिलो भएपछि गत पुसमा महाधिवेशन गरेको माओवादीले अझैसम्म पदाधिकारीको टुंगो लगाउन सकेको छैन । यसअघि बिहीबार बसेको बैठकले स्थायी समिति र पोलिट्ब्युरोलाई पूर्णता दिएको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us