आगोले जलेर रङरोगन गर्ने मजदुरको जलेर मृत्यु

काठमाण्डु टुडे २०७९ भदौ २ गते ७:५६ मा प्रकाशित

काठमाण्डु, २ भदौ– मोरङमा आगोमा जलेर एक मजदुरको मृत्यु भएको छ ।

सुन्दरहरैच–११ स्थित बालकृष्ण गिरीको घरमा बुधबार राति आगो लाग्दा रङरोगन गर्ने मजदुर बेलबारी–११ का ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो । मोरङ प्रहरी प्रवक्ता डिएसपी
दीपक श्रेष्ठले विद्युत सर्ट भएर घरमा आगो लागेको बताए ।

मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us