सिट संख्याबारे कृष्ण सिटौलाले सत्ता गठबन्धनका शीर्ष नेतासँग छलफल गर्ने

काठमाण्डु टुडे २०७९ भदौ १ गते १९:०३ मा प्रकाशित

काठमाण्डु, १ भदौ– चुनावी तालमेलको निर्णय गरेका सत्ता गठबन्धन आवद्ध दलद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले कुन दलले कति सिट पाउने भन्ने विषयमा शीर्ष नेतासँग छलफल गर्ने भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदल बैठकले संयोजक कृष्णप्रसाद सिटौलालाई दलहरुका बटमलाइनबारे शीर्ष नेतृत्वसँग छलफल गर्ने जिम्मेवारी दिएको हो ।

काँग्रेसतर्फका कार्यदल सदस्य गगन थापाले सिटौलाले शीर्ष नेताहरुसँग सिट बाँडफाँटको मोडालिटीबारे छलफल गरेपछि थिप छलफल अघि बढाउने बताए ।

‘कार्यदल संयोजकले सबै शीर्ष नेतालाई भेटेर सिटको बटमलाइन माग्नु हुनेछ’, थापाले भने । उनले कुन दलले कति सिट लिने भन्ने विषय एक÷दुई दिनमै टुंगो लाग्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us