माओवादी स्थायी समितिमा ११ महिला

काठमाण्डु टुडे २०७९ भदौ १ गते १८:११ मा प्रकाशित

काठमाण्डु, १ भदौ– नेकपा माओवादी केन्द्रले स्थायी समिति र पोलट्ब्यिुरो सदस्यको टुंगो लगाएको छ ।

बुधबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ती दुई कमिटीलाई पूर्णता दिएको हो ।

महाधिवेश सकिएको सात महिनापछि माओवादीले स्थायी समिति र पोलिट्ब्युरो टुंगो लगाएको हो । ४५ सदस्यीय स्थायी समितिमा ११ जना महिला छन् । स्थायी समितिमा पर्ने महिला नेतामा पम्फा भुसाल, ओनसरी घर्ती, जयपुरी घर्ती, शशी श्रेष्ठ, उर्मिला अर्याल, रेखा शर्मा, यशोदा गुरुङ, अमृता थापा, कमला रोका, अञ्जना विसंखे र पूर्णाकुमारी सुवेदी छन् ।

यस्तै स्थायी समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा देवप्रसाद गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, गणेश शाह, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, मात्रिकाप्रसाद यादव, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, राम कार्की, कालीबहादुर मल्ल, खगराज भट्ट, श्रीराम ढकाल, हकिकुल्ला खाँ र महेश्वर गहतराज छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us