नदीले बगाएर रुसी नागरिकको मृत्यु

काठमाण्डु टुडे २०७९ साउन ३१ गते २०:५७ मा प्रकाशित

तनहुं, ३१ साउन– तनहुँको देवघाट गाउँपालिका–५ बेणीसंगमस्थित कालीगण्डकी र त्रिशुली नदीको संगमस्थलमा बगेर एक रुसी नागरिक बेपत्ता भएका छन् ।

तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज खड्काले रुसी नागपरिक २९ वर्षीय पिटर रुजिन नुहाउने क्रममा नदीमा बगेर बेपत्ता भएको बताए ।
खड्काका अनुसार नदीमा बेपत्ता भएका पिटरको खोजी जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us