बालकोटतिर साना दलको लर्को

काठमाण्डु टुडे २०७९ साउन ३१ गते ६:४५ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– सत्तारुढ गठबन्धनमा नजोडिएका साना दलका नेताहरू आसन्न निर्वाचनमा गठबन्धनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओली निवास बालकोट धाउन थालेका छन् ।

पूर्वप्रधानमन्त्री ओली एक वर्षअघि सत्ताबाट बाहिरिएर बालुवाटारबाट बालकोट सरेलगत्तै यहाँ बाक्लै चहलपहल हुने गरेको थियो । माहोल बीचमा केही सेलाएर हालै सम्पन्न स्थानीय निर्वाचनताका फेरि तातेको थियो ।
त्यो माहोल निकट विगतमा फेरि केही पातलिएकोमा आगामी मंसिर ४ गतेको निर्वाचन घोषणापछि फेरि चहलपहल र भेटघाट बद्दन थालेको छ । हिजोआज ओली निवास बाहिरसमेत उनलाई भेट्न आउनेहरूको निजी र सरकारी गाडीको लाम लाग्ने गरेको देखिन्छ । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us