राष्ट्रपतिबाट मौसमअनुसार अधिकार प्रयोग भयो ;राजेन्द्र महतो

काठमाण्डु टुडे २०७९ साउन ३० गते ११:४६ मा प्रकाशित

 

काठमाण्डु ,३० साउन -लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीले मौसमअनुसार अधिकार प्रयोग गरेको बताएका छन्।

राष्ट्रपतिले  पहिले आफ्नै अधीकार अनुसनर अध्यादेश अनुमोदन गरेको र अहिले नागरिकता विधेक फिर्तामा पनी आफ्नो अधीकार प्रयोग गरेको महतोले आरोप लाए।

संविधानले दियको अधीकार रष्ट्रपति ले मैसम अनुसार प्रयोग गर्ननहुने उनले बताय।उनले भने एमालेको सरकार छदा जे प्रावधान राखेको थियो, आज त्यही हुबहु हो। एमाले आफैंले जारी गरेको अध्यादेशमा किन विरोध गर्योा?

महतोले प्रश्न गर्दै भने ओली सरकार हुदा कुन ढंगले पढियोरु कि पढ्दै पढिएनरु अथवा आधा मात्रै पढियो?उही कुरा एमालेको सरकारले अध्यादेशाक रूपमा ल्याउँदा राष्ट्रपतिबाट पारित भएर अनुमोदन भएको थियो।

एउटै व्यवस्था कुनै बेला राष्ट्रवादी र कुनै बेला राष्ट्रघाती कसरी भयो?भनेर समेत महतोले प्रश्न गरेका छन्। एकपटक ठिक भएको प्रावधान अर्को पटक कसरी बेठिक भयो भनेर जनतालाई जवाफ दिनुपर्ने महतोको भनाइ छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us