उपेन्द्र यादवद्वारा राष्ट्रपतिको निन्दा

काठमाण्डु टुडे २०७९ साउन २९ गते २१:४२ मा प्रकाशित

काठमाण्डु, २९ साउनजनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिविद्यादेवी भण्डारीले नागरिकता संशोधन विधेयक फिर्ता गराकामा आपत्ति जनाएका छन्

प्रतिनिधिसभाबाट पारित भएर प्रमाणीकरणका लागि गएको विधेयक राष्ट्रपतिले आइतबार फिर्ता गरेकी थिइन्                                                               अध्यक्ष यादवले नागरिकता अभावमा वर्षौंदेखि अनागरिकको जीवन बिताइरहेकाहरुलाई विधेयक फिर्ता  गरेर थप पीडा दिने काम भएको उनको भनाइ थियो                         विधेयक फिर्ता गरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको उनले बताए                                                    राष्ट्रपतिको यो कदम नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र होयादवले भने

राष्ट्रपति अभिभावकीय दायित्वबाट च्युत भएको आरोप यादवले लगाए

संघीय संसदबाट साउन १५ मा पारित भएर विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपति कार्यालय पुगेको १५ दिनभित्र प्रमाणीकरणगर्नुपर्नेमा राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्नुपर्ने भन्दै आइतबार फिर्ता पठाएकी हुन् । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us