सेयर बजारमा लगातारको गिरावट

काठमाण्डु टुडे २०७९ साउन २९ गते १६:४२ मा प्रकाशित

काठमाण्डु, २९ साउन– साताको पहिलो दिन आइतबार सेयर बजारमा ठूलो मात्रामा गिरावट आएको छ ।

नेप्से २७.९२ अंकले घटेर २०१०.०१ अंकमा बन्द भएको छ ।  नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । उत्पादनमुलक उपसूचक सर्वाधिक ३.५८ प्रतिशतले घटेको छ । कारोबार रकम पनि घटेर २ अर्ब ८१ करोडमा सीमति भएको छ ।

बजारमा ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३२ लाख ८२ हजारको कारोबार भएको छ । हिमालयन डिस्टिलरीको सर्वाधिक १६ करोड ५३ लाख ९७ हजार बराबरको सेयर बिनबेच भयो ।

आइतबार कारोबार भएकामध्ये गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक ७.०९ प्रतिशत गिरावट भयो । यस्तै हिमालयन डिस्टिलरी ६.१० प्रतिशत, इमर्जीङ नेपाल ५.८३ प्रतिशत र नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५.७५ प्रतिशतले घटेको छ ।

घट्दो बजारमा पनि केही दिनअघि मात्र दोश्रो बजारमा कारोबार सुरु भएको अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य सर्वाधिक ८।१० प्रतिशतले वृद्धि भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us