माओवादीको चिन्हमा चुनाव लड्न तयार भए बाबुराम, नारायणकाजी असन्तुष्ट

काठमाण्डु टुडे २०७९ साउन २९ गते ७:३० मा प्रकाशित

काठमाण्डु, २९ साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचनपछि समाजवादी केन्द्र बनाउने रणनीतिसहित साझा चुनाव चिन्हसहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भागलिने सहमतिनजिक पुगेका छन् ।

दुवै दलले आ–आफ्नो पार्टीमा छलफल गरेर यसलाई औपचारिक रुपमा टुंग्याउने गृहकार्य भइरहेको नेताहरुले बताएका छन् ।  प्रचण्डले नेपाल समाजवादी पार्टीसँग साझा चुनाव चिन्ह र घोषणापत्रमा निर्वाचन लड्ने सहमति भएको र आ–आफ्नो पार्टीमा सहमति जुटाएर औपचारिक रुपमा टुंग्याउन लागिएको ‘ब्रिफिङ’ निकट नेताहरुसाग गरेका छन् ।
यो र अन्य विषयमा छलफल गर्न प्रचण्डले स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् ।  साझा चुनाव चिन्हका लागि निवेदन दिने विषय टुंगिन बाँकी रहेकाले माओवादी केन्द्र र समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छैनन् ।  प्रचण्डले निकट नेताहरुलाई बताएअनुसार एक÷दुई दिनमै संयुक्त निर्वाच चिन्हमा निर्वाचन लड्न आयोगमा निवेदन दिने तयारी छ ।

आयोगले २२ साउनदेखि ३१ साउनसम्म दल दर्ताको समय दिएको छ । माओवादी नेता वर्षमान पुनले भट्टराई नेतृत्वको समाजवादी पार्टी साझा चुनाव चिन्हमा निर्वाचन लड्न करिब सहमत भएको बताए । ‘बाबुरामजीहरु माओवादीकै चुनाव चिन्हबाट चुनाव लड्ने कुरा करिब–करिब टुंगो लागेको छ’, पुनले भने, ‘औपचारिक निर्णयका लागि आ–आफ्नो पार्टीमा छलफल गर्न बाँकी छ ।

उहाँहरुको तहमा करिब टुंगो लागेको हो । हाम्रो तहमा पनि कंक्रिट गर्छौं ।’ वरिष्ठ उपाध्यक्ष नारायणकाज िश्रेष्ठ समूह भने प्रचण्डको यो कदमबाट रुष्ट छ । नेताहरुका अनुसार श्रेष्ठ समूहबाहेक माओवादीका अधिकांश नेता कार्यकर्ता भट्टराई पार्टीमा फर्किउन भन्ने चाहन्छ ।

हाल राष्ट्रियसभा सदस्य रहेका श्रेष्ठ राजीनामा दिएर गोरखाबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । गोरखामा श्रेष्ठ र भट्टराईको निर्वाचन क्षेत्र एउटै हो । भट्टराई पनि गोराखाबाटै चुनाव लड्ने तयारीमा छन् ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us