ओलीको हातमा एमालेले ३९ सिट जित्ने प्रतिवेदन

काठमाण्डु टुडे २०७९ साउन २८ गते १८:४१ मा प्रकाशित

काठमाण्डु, २८ साउन–एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आफ्नो दलले एक्लै ३९ सिटमा जित हासिल गर्ने बताएका छन् ।

खोटाङ–काठमाण्डु सम्पर्क मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रममा भट्टराईले सबै दल मिल्दा पनि एमालेले ३९ सिट जित्ने बताए ।

अध्यक्ष केपी ओलीलाई १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ३९ ठाउँमा सबै दल मिले पनि एमालेले जित्ने तथ्याङ्क बुझाएको जानकारी उनले दिए ।

बाँकी ७० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने उनको भनाइ थियो ।

स्थानीय निर्वाचनमा सबै मिल्ला पनि एमालेले २ सय ६ पालिकामा जितेको दृष्टान्त दिँदै उनले ५ सिट जित्छ भन्नेहरुलाई चुनावमा राम्रै जवाफ दिने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us