रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, दुई डीएसपीसहित ५ घाइते

काठमाण्डु टुडे २०७९ साउन २८ गते १४:५२ मा प्रकाशित

रुकुमपूर्व, २८ साउन– रुकुम पूर्वमा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् ।
घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् ।

सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए ।

घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us